मुगुका किसानलाई स्याउ टिप्न चटारो
मुगु | भदौ ११, २०७९
मुगुको छायाँनाथ रारा नगरपालिका-५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।
यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् ।
भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । “हाम्रो आम्दानीको श्रोत नै यही हो”, छायाँनाथ रारा–५ ताल्चाकी विस्नमाया रोकायाले भन्नुभयो । यो समय स्याउ टिप्नका लागि उपयुक्त नभएको उहाँको भनाइ छ । “भदौ अन्तिम सातामा टिप्नलाई उचित हुन्छ ।”
समय अघि नै किसान स्याउ टिप्न थालेका छन् । “ढिला टिपे कुहिन्छ की भन्ने चिन्ता छ”, छायाँनाथ रारा-५ कै हरिबहादुर भामले भन्नुभयो, “बिक्री नहुने हो की चिन्ता छ ।” धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन् । किसानलाई स्याउ भण्डारण गर्न समस्या छ । “उचित ठाउँ अभावले स्याउ कुहिने डर छ”, उहाँले भन्नुभयो ।
स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन् । व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ । “पछि व्यापारी भेटिन्न की भन्ने समस्या छ”, भामले भन्नुभयो । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ३० मा स्याउ किन्ने गरेका छन् । उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले हतार हतारमा बिक्रि गर्न लागेको उहाँ बताउनुहुन्छ ।
स्याउ किसान सूर्यप्रकाश भामका अनुसार राख्नलाई कार्टुनसमेत अभाव भएको छ । “स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका छौँ, राख्नलाई केही छैन । बजारीकरणको समस्या पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेतलगायत ठाउँ लगेर आफै बिक्री गर्ने योजना रहेको भामको भनाइ छ । सकभर स्थानीय व्यापारीलाई बिक्री नगर्ने उहाँ बताउनुहुन्छ ।
छायाँनाथ रारा–५ मा स्याउ उत्पादन अत्यधिक छ । स्याउ टिपरे गोठमा राख्ने गरिएको छ । स्याउ उत्पादन प्रशस्त भए पनि सडक सुविधा नुहुँदा स्याउ बिक्री गर्न किसानलाई समस्या भएको छ । यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालका निमित्त कार्यालय प्रमुख दुर्गबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष जिल्लामा गत वर्षभन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको शाहीले बताउनुभयो । मुगुमा विशेष गरी रोयल डेलिसेस्, रेटडेलिसेस र गोल्डेन डेलिसेस स्याउ उत्पादन हुने गरेको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

